• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सरिता गिरीलाई सांसद पदबाट हटाउने समाजवादी पार्टीको पत्र संसद सचिवालयमा दर्ता

काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई सांसद पदबाट हटाइएकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ।

मंगलबार समाजवादीको पदाधिकारी बैठकले गरेको निर्णयअनुसार संसदीय दलले उनलाई सांसद पदबाट हटाउन संसदलाई जानकारी गराएको हो। सचिवालयमा निवेदन दर्ता भएसँगै अब १५ दिनभित्र गिरीको सांसद पद जानेछ।

दलले पदबाट हटाउन पत्र पठाएको १५ दिनभित्र आवश्यक जाँचबुझ गरी सचिवालयले संसद चलेको भए संसदमा र नचलेको भए सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ। सूचना प्रकाशितपछि सचिवालयले त्यसको जानकारी निर्वाचन आयोगलाई दिनेछ।

पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनु पर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई समाजवादीले सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको गरेको थियो।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर