चोरी पैठारी गर्ने र नक्कली भ्याट बिल बनाउने ६ कम्पनीविरुद्ध ७७ करोडको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी र झुठो तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा ६ वटा कम्पनी र २ जना विरुद्धे मुद्दा दायर गरेको छ ।

विभागले बुधबार ती व्यवसायिक फर्म र व्यक्तिविरुद्ध ७७ करोड ४ लाख १३ हजार रुपैयाँको विगासहित उच्चअदालत पाटनमा मुद्दा दायर गरेको हो । जसमध्ये नक्कली भ्याटविल प्रयोग गरी राजस्व छली गर्ने न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेजविरुद्ध १ करोड ७० लाख ९९ हजार ८५५ रुपैयाँ, महाबौद्धस्थित समर ट्रेडर्सविरुद्ध ४ करोड ५८ लाख २ हजार २३९ रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको हो ।

काठमाडौं महानगरपालिका ४ ठेगाना भएको जिमी ग्रुप प्रालि कम्पनीलाई नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा १८ करोड ३३ लाख रुपैयाँ र सोही आरोपमा ललितपुर महानगरपालिका ३ स्थित न्यू क्रियशन इम्पेक्स प्रालि तथा बंगलामुखी ट्रेड एन्ड सप्लाइ र काठमाडौं महानगरपालिका २८ स्थित बीएस ट्रेड इन्टरनेशनललाई ९ करोड २३ लाख बिगोदाबी सहति मुद्दा दायर गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर