• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

वर्षाका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध

फाइल तस्विर

हेटौँडा । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । 

बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको पहिरो पन्छाउन कठिनाइ उत्पन्न भएको र मौसम सुधार हुने बित्तिकै पहिरो पन्छाई भीमफेदी–कुलेखानी सडक यातायात सञ्चालन गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

हेटौँडाबाट काठमाडौँतर्फ त्रिभुवन राजपथबाटै सञ्चालन गरिएको र त्रिभुवन राजपथको भैँसेबाट सबै यातायातलाई त्रिभुवन राजपथतर्फ पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर