• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रेमको भिक्षा

.....
जिन्दगी सुस्केरा हाल्दै 
कहिले उकाली त कहिले ओराली गरिरहेछ
बोक्न नसक्ने एउटा विचारको भारी
बिसाउने यहाँ चौतारी खोजिरहेछ
किन किन आजकल मन पनि भारि भा छ
गोँधुली साँझमा मन बिसाएर थकाई मारिरहेछ
हरेक दिन

यो मन सपना बुन्छ, महिना गन्छ
मनदेखि छुटेको पनि आज वर्षौं भयो भन्छ
त्यसैले यो मन सधैं ऋतु चक्रझैं घुमिरहेछ
तर मनले देखेको आँखाले भेटेको
हो त्यही आदमी खोजिरहेछ
घामले छोडेपछि जून आउँछ जस्तो लाग्थ्यो
तर त्यस्तो होइनरहेछ

जिन्दगीको मोडमा औंशीको रात बिर्सिएर
किन–किन यो मन जङ्घार तर्न खोजिरहेछ
जब रात पर्छ एक्लिएको मन
जुनकिरीको उज्जालो पछ्याउँदै
गगनका तारा गनिरहेछ
मौन संवादमा पनि शशी मुस्कुराउँदै
यो तन स्पर्श गरिहेछ र त 
जिन्दगीले ऐना हेरि लजाउँदै
मनको सङ्घारमा उभिएर
प्रेमको भिक्षा मागिरहेछ        

....

ललितपुर

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर