• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने पाँचजना विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । गलत लिखत तयार गरी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मालपोत कार्यालय कपिलवस्तुका तत्कालीन कार्यालय प्रमूख रेशमबहादुर थापा क्षेत्रीसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कामका दोषी भन्दै मालपोत कार्यालयका तत्कालीन प्रमुख थापा क्षेत्रीसहित नायव सुब्बा मोदनाथ पौडेल, रजिस्ट्रेशन फँटका खरिदार बद्रिनाथ रेग्मी, मोठ फाँटका खरिदार बालकृष्ण अर्याल र मतिबुल हसन खाँविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

साविक भगवानपुर गाविस वडा नम्बर ५ मा रहेको कित्ता नम्बर ९४ को बाटो कायम रहेको जग्गा कीर्ते लिखत तयार गरी हालको शिवराज नगरपालिका-५ निवासी मतिबुल हसन खाँले बकसपत्रमार्फत् आफ्नी श्रीमतीको नाममा नामसारी गर्दै बिक्री गरेको भन्दै परेको उजुरीमाथि छानविन गर्दा पाँचजना दोषी देखिएको अख्तियारले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर