मैलुङ जलविद्युत् केन्द्रमा बाढीले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका मैलुङमा रहेको ५ मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन १० दिनदेखि बन्द भएको छ । बाढीका कारण जलविद्युत् केन्द्रको हेटगेटमा क्षति पुगेपछि उत्पादन बन्द भएको हो । मैलुङ खोलामा आएको बाढीले हेडवर्क्समा क्षति पुग्दा साउन ५ गतेदेखि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको केन्द्रका प्लान्ट म्यानेजर आइसिङ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाढी तथा पहिरोले पहुँच मार्ग बगाएको छ भने पेनस्टेक पाइप र हेडवर्कसका संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको हो ।  यसअघि भुकम्पका कारण सो जलविद्युत् केन्द्रमा क्षति पुग्दा लामो समय विद्युत् उत्पादन बन्द भएको थियो ।  सो जलविद्युत् केन्द्रले २०७१ सालदेखि विद्युत् उत्पादन शुरु गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर