• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 06:30 am

संक्रमित बढेपछि विराटनगरमा शनिबारदेखि लकडाउन गरिने

विराटनगर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि लकडाउन गरिने भएको छ ।

महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । शुक्रबार विराटनगरमा कोरोना क्रमितको संख्या १०७ पुगेको छ ।

यसअघि विराटनगर महानगरपालिकाले संक्रमण थप फैलन नदिन लकडाउनमा जानुपर्ने बताएपनि प्रदेश सरकारले त्यसमा सहमति दिएको थिएन । शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीय तहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्नेगरी बाटो खोलिदिएको थियो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले परिस्थितिको विश्लेषण गरी स्थानीय तहहरु आफैंले लकडाउन गर्नसक्ने बताएका छन् । महानगरमा कन्ट्याक्ट ट्रेसिङका क्रममा यात्रा विवरण नखुलेका करिब ५० जना संक्रमित भेटिएपछि लकडाउन गर्न दबाब बढिरहेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना संक्रमित मन्त्री पार्टी प्रवेश कार्यक्रममा सहभागीदेखि भीभीआइपीसम्म भेट

  • २२ श्रावण, २०७७

जनकपुरधाम ।  कोरोना संक्रमण पुष्टि भै सकेका प्रदेश दुइका मन्त्रीले प्रधानमन्त्री देखि प्रहरी महानिरीक्षकसम्म भेट गरेर जनकपुरधाम फर्केको पाइएको छ

मजदूरको न्यूनतम ज्याला  ९०० रुपैयाँ 

  • २२ श्रावण, २०७७

कर्णाली । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले

अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति

  • २२ श्रावण, २०७७

चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग