• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 11:05 am

अफगानिस्तानमा एक जेलमा आईएससँगको झडपमा मृत्यु हुनेको संख्या ३७ पुग्यो

जललावाद । अफगानिस्तानको एउटा कारागारमा झण्डै २० घण्टा भएको भिडन्तमा परी मृत्यु भएकाहरुको सङ्ख्या ३७ पुगेको छ । देशको नान्गाहार प्रान्तमा पर्ने जललावादमा रहेको कारागारमा सोमबार भएको भिडन्तमा परी उनीहरुको मृत्यु भएको हो । 

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगियनीले आठ जना आक्रमणकारीहरुलाई मार्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको दावी गरे । 

सरकारी अधिकारीहरुले यो समाचार लेख्दासम्ममा सो घटनामा परी कुल ३७ जनाको मृत्यु भएको जनाएका छन् । मृत्यु भएकामध्ये आठ जना आक्रमणकारी भएपनि अरु २९ जनामा आम नागरिक, सुरक्षाकर्मी, कैदीका चौकीदार र कैदीहरु पनि रहेका वताइएको छ । 

सोही घटनामा परी शुरुमा २१ जनाको मृत्यु भएको र त्यसपछि कुल २९ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । 

रक्तपातपूर्ण यस भिडन्त स्थानीय समयअनुसार आइतबार बेलुका साढे ६ बजेदेखि शुरु भएको थियो । भिडन्तका क्रममा कारबमलगायतका हात हतियारहरुको प्रयोग भएको अधिकारीहरुले जनाएका छन् । 

घटनामा परी अरु ५० भन्दा बढी घाइते भएको पनि प्रवक्ता कोगियनीले पुष्टि गरे । तर सुरक्षाकर्मी, आम नागरिक, जेल कर्मचारी, कैदीमध्ये कति घाइते भएका हुन भन्ने बारेमा भने उनले जानकारी दिएनन् । 

घटनाका बारेमा अतिवादी इस्लामिक स्टेट (आइएस)का लडाकूहरुले जिम्मेवारी लिएको समाचारमा जनाइएको छ । यस क्षेत्रमा आइएसका लडाकूहरुले लामो समयदेखि हिंसात्मक गतिविधिहरु गर्दै आएका छन् । 

गत शुक्रबारदेखि मुस्लीम धर्माबलम्बीहरुको महान पर्व ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धविराम लागू गरिएको थियो । त्यसैगरी अफगान राष्ट्रपति असरफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धविराम हुने बताएका थिए ।

शान्ति प्रक्रिया अगाडि बढ्ने अपेक्षा भइरहेका बेलामा कारागारमा आक्रमण भएर ठूलो मानवीय क्षति भएपछि अफगानिस्तानको शान्ति प्रक्रिया बारे फेरि चिन्ता बढेको छ ।  सिन्हुवा

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

  • ५ असोज, २०७७

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या पछिल्लो एक महिना अगाडीको भन्दा कम देखिदै आएको छ । गएको २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय ४४ जनामा

भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८५ हजार ६ नाघ्यो 

  • ५ असोज, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढिरहेको छ । गएको २४ घण्टामा भारतमा ८७ हजार ३ सय ८२ जना नयाँ संक्रमित थपिएको

थाइल्याण्डमा राजतन्त्र विरुद्ध विशाल प्रदर्शन जारी

  • ४ असोज, २०७७

एजेन्सी । थाइल्याण्डमा राजा महा भजिरालोङकोर्नको शासनलाई खुल्ला चुनौती दिँदै राजधानी बैंककमा हजारौँ प्रदर्शनकारीले मार्च गरेका छन् ।  थाई