• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सन् २०२१ सम्ममा कोरोना खोपको लाखौँ डोज उत्पादन गर्ने रुसको दावी

मस्को । रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ ।

रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानहरूलाई अगाडि बढिरहेको बताएको छ । मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको रूसले दावी गरेको छ ।

‘हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,’ उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए । 

उनले भने, ‘हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछौँ । अर्को बर्षको शुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।’ 

खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन टेक्नोलोजी तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् । 

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सोमबार भने, ‘गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताकालागि आवश्यकप्रक्रिया सुरू भइरहेको छ ।’

‘साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको छ र अर्को दुई महिनामा मानव परीक्षण सुरु हुनेछ,’ मुराश्कोले भने ।

गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यानसिनोले उत्पादन गरेको खोपको लाई काममा लिएको छ, चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ । क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ । 

अनुसन्धानकर्ता र निर्देशकहरूले केही महिना अघि खोपको प्रोटोटाइपलाई अनधिकृतरूपमा आँफूमा प्रयोग गरेपछि गमलेया इन्स्टिच्यूट आलोचनाको शिकार बनेको थियो । विशेषज्ञहरूले यस कदमलाई अपरम्परागत शैलीको रूपमा आलोचना गरेपछि मानव परीक्षण सुरु गरिएको थियो । 

वैज्ञानिकहरूले एएफपीलाई भनेका छन कि रूसले यसको खोपलाई ठूलो उत्पादनमा अनुकूलन गर्न सङ्घर्ष गर्नेछ किनकि रूसमा भाइरल भेक्टर जस्ता उन्नत टेक्नोलोजी, कच्चा पदार्थ, पर्याप्त सुविधा र अनुभवको अभाव छ । 

केही रूसी अधिकारीहरूले सोभियत युगमा पहिलो स्याटेलाइट उत्पादन गर्ने अन्तरिक्ष दौडसँग दाँजेर यसको भ्याक्सिन ल्याउने देश पहिलो हुने बताएका छन् । 

यसैबीच रूसी गुप्तचर सेवासँग सम्बन्धित ह्याकर समूहले पश्चिमी प्रयोगशालाबाट कोरोनाभाइरस खोपको बारेमा जानकारी चोरी गर्न खोजेको भन्ने बेलायत, संयुक्त राज्य र क्यानडाका आरोपहरू खारेज गरेको छ । 

रूस कोरोनाभाइरस सङ्क्रमणका हिसाबले संयुक्त राज्य अमेरिका, ब्राजिल र भारत पछि विश्वमा चौथो स्थानमा रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर