फिफा अध्यक्ष इन्फान्टिनोले राजीनामा नदिने
एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका उपमहासचिव अलास्डर बेलले फिफका प्रमुखका बारेमा भइरहेको हालको विवाद संस्थाको नाम पुनः स्थापित गर्ने प्रयासमा पश्चकदम रहेको बताएका छन् ।
इन्फान्टिनोले अहिले उत्पन्न भएको विवाद समाधान नहुँदासम्म पदबाट नहट्ने बताएका छन् । गएको हप्ता स्वीट्जरल्याण्डका अधिकारीहरुले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि कानूनी अनुसन्धान सुरु गरेका थिए । स्वीस महान्यायाधीवक्ता माइकल लाबारसँगको भेटलाई लिएर अनुसन्धान सुरु भएको हो । दुवै व्यक्तिले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस