• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 12:08 pm

गुजरातको एक अस्पतालमा आगलागी, ८ कोरोना संक्रमितको मृत्यु

नयाँदिल्ली । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको छ ।

गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी शुरु भएको थियो । उक्त घटनालगत्तै त्यहाँ उपचारार्थ भर्ना भएका अरु ४१ जना कोभिड–१९ का बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरित गरिएको थियो । 

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आगलागीको उक्त घटनाबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । पीडितहरुलाई जतिसक्दो सहायता गर्न सरकार तत्पर रहेको बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

  • ५ असोज, २०७७

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या पछिल्लो एक महिना अगाडीको भन्दा कम देखिदै आएको छ । गएको २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय ४४ जनामा

भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८५ हजार ६ नाघ्यो 

  • ५ असोज, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढिरहेको छ । गएको २४ घण्टामा भारतमा ८७ हजार ३ सय ८२ जना नयाँ संक्रमित थपिएको

थाइल्याण्डमा राजतन्त्र विरुद्ध विशाल प्रदर्शन जारी

  • ४ असोज, २०७७

एजेन्सी । थाइल्याण्डमा राजा महा भजिरालोङकोर्नको शासनलाई खुल्ला चुनौती दिँदै राजधानी बैंककमा हजारौँ प्रदर्शनकारीले मार्च गरेका छन् ।  थाई