• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

चीनको वुहानमा निको भइसकेका ९० प्रतिशतमा देखियो फोक्सोमा समस्या 

एजेन्सी । कोरोनाभाइरसको उद्गम स्थल मानिने चीनको वुहानको एक अस्पतालमा कोभिड–१९बाट निको भएका ९० प्रतिशत संक्रमितको फोक्सोमा अझै पनि खराबी देखिएको एक प्रतिवेदनले देखाएको छ । 

प्रतिवेदनका अनुसार, निको भइसकेका पाँच प्रतिशत संक्रमितमा पुनः कोरोनाको लक्षण पाइएको छ । चीनको झोङनान हस्पिटल अफ वुहान युनिभर्सिटीका पेङ झियोङको टोलीले गरेको गरेको अनुसन्धानमा यस्तो पाइएको हो । 

गत अप्रिलदेखि उक्त टोलीले  कोरोना भाइरसका एक सय जना संक्रमितको फलोअप गरिरहेको छ । जसको पहिलो चरणको अध्ययन गत जुलाइमा सकिएको थियो । एकसय संक्रमितको औसत उमेर ५९ थियो ।

पहिलो चरणको अध्ययनको क्रममा ९० प्रतिशत मानिसहरु अझै पनि फोक्सोमा खराबी रहेको अवस्थामा छन् । यसको अर्थ यी मानिसहरुमा फोक्सोले वायुसञ्चार र ग्यास एक्सचेन्जको काम स्वस्थ मानिसको जसरी अझै पनि गर्न सकेको छैन ।

उक्त टोलीले संक्रमितहरुको ६ मिनेटको वाकिङ टेस्ट गरेको थियो । या परीक्षणमा संक्रमितहरु ६ मिनेटमा चार सय मिटर मात्र हिँड्न सकेका थिए । जबकी स्वस्थ मानिस ६ सय मिटर हिँड्न सक्छन् ।

निको भएकामध्ये केही संक्रमित अस्पतालबाट डिस्चार्ज भएको तीन महिनापछि पनि अक्सिजन मेसिनमा निर्भर देखिएको डोङझिमेन हस्पिटलका लियाङ टेङ्सिायाओले बताए । उनको टोली पनि अहिले ६५ वर्ष उमेरभन्दा माथिका निको भएका संक्रमितमाथि फलोअप अध्ययन गरिरहेको छ ।

पेङको टोलीले गरेको अनुसन्धानको क्रममा एक सय निको भइसकेका संक्रमितमध्ये १० प्रतिशतमा विकास भएको एन्डिबडी हराइसकेको देखिएको छ । पाँच प्रतिशत मानिसको इम्युनोग्लोबुलिन एम (आईजीएम)को परक्षिण पोजेटिक आएको छ । यद्यपि उनीहरुको न्युक्लिक एसिड परीक्षण भने नेगेटिभ आएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर