घट्यो सुनको भाउ

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।  बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो । 
यस्तै आज चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर