• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

दक्षिण अफ्रिकाको स्वतन्त्रतासँग फिडेल कास्ट्रोको साइनो

फिडेल कास्ट्रोले विश्वभरका क्रान्तिकारीहरुलाई प्रेरणा दिए । उनले प्रत्यक्ष सामग्री सहायता पनि प्रदान गरे । अगस्ट १३ अर्थात् हिजो कास्ट्रोको ९४ जन्मजयन्तीको अवसरमा दक्षिण अफ्रिकाका भेटेरन रंगभेद–विरोधी सेनानी तथा राजनीतिज्ञ रोनी कास्रिल्स क्युवाका नेता(कास्ट्रो)को दक्षिण अफ्रिका र त्यस बाहिरको मुक्ति संघर्षको एकतालाई यसरी सलाम गर्छन् । 

सन् १९६० को दशकदेखि ‘नोम डे गुयर’ कास्ट्रो दक्षिण अफ्रिकामा स्वतन्त्रता सेनानीहरुका बीच लोकप्रिय थिए । आज पनि अफ्रिकामा, ल्याटिन–भाषी देशहरु तथा अन्य ठाउँमा, छापामारका सन्ततीहरुले फिडेल वा फिडेलिस नाम धारण गर्ने गर्छन् । 

ती सन् १०६० का पिढीहरु क्युवाली क्रान्तिमा फिडेल कास्ट्रो रुजको महान् नेतृत्वबाट निक्कै प्रेरित भएका थिए । उनले अत्याचारलाई उखालेर फ्याँक्ने, साम्राज्यवादको सामना गर्ने, समाजलाई परिवर्तन गर्ने र अन्तर्राष्ट्रिय एकजुट्ताको ऐतिहासिक पाठको प्रतिनिधित्व गरे । त्यहीबाट पिढीहरुले ती प्रेरक पाठहरु सिकेका छन् । फिडेलबाट सिक्दै र क्युवामा अध्ययन गर्दै उनीहरुले सिद्धान्त र व्यवहारमा आधुनिक समयको अग्रणी क्रान्तिकारीहरुमध्ये एकको महान् पदचिन्हरुको पालना गर्न जारी राखेका छन् । 

कास्ट्रोको जीवन र विरासत अफ्रिकाको भाग्यसँग आन्तरिक रुपले बाँधिएको छ । उनले मानवताको बाँकी हिस्साका साथ आफ्ना नागरिकबाट अमर कृतज्ञता आर्जन गरे । सन् १९८८ मा कुइतो कुआनाभालेको लडाईपछि अंगोलाबाट नश्लवादी दक्षिण अफ्रिकी सेनालाई आफ्नो अज्ञानताबाट पछि हट्न बाध्य पारेका फिडेलको अमर शब्दमाः ‘अफ्रिकाको इतिहास कुइतो कुआनाभालेभन्दा पहिला र त्यसपछि लेखिनेछ ।’
........

रंगभेद भन्दा बाहिरः
सन् १९७५ बाट कमान्डेन्ट फिडेलको निर्देशनमा क्युवाको अन्तर्राष्ट्रियवादी बलहरुले उठ्दै गरेको पिपुल्स रिपब्लिक अफ अंगोलाको स्वातन्त्रतालाई नश्लवादी आक्रमणकारीहरु तथा सिआईए समर्थित जवाफी डाकुहरुबाट बचाउँन मद्दत गरेको थियो । आफ्नो जेल–सेलमा गुप्त साधनहरुको माध्यमबाट यी ऐतिहासिक घटनाक्रमहरुद्वारा नेल्सन मन्डेला अगवत भएका थिए । उनले क्युवालीको प्रशंसामा लेखे– ‘एउटा कुनै देश अर्को महादेशबाट आयो र उसको उद्देश्य देशलाई लग्नु वा टुक्र्याउनु थिएन, बरु अफ्रिकीहरुलाई उनीहरुको स्वातन्त्रता प्राप्त गर्नमा मद्दत गर्यो, यो पहिलो पटक भएको थियो ।’

जब क्युवाले अगाडिका वर्षहरुमा अंगोलका लागि आफ्नो सहायता जारी राख्यो, प्रतिक्रियावादीहरुले अन्ततः सन् १९७–८ मा कुइटो कुआनभालेका लागि पाँच महिना लामो लडाइँमा आफ्नो भाग्यसँग जम्का भेट गरे, जसले उनीहरलाई प्याकिङ पठायो । यसको परिणाम यो भयो कि अंगोला अब विदेशी शक्तिबाट मुक्त भएको थियो । यो सन् १९९० मा दक्षिण अफ्रिकी रंगभेद शासनद्वारा नामिबियालाई कब्जाबाट स्वतन्त्रता गरिएपछि भएको थियो, र त्यसपछि दक्षिण अफ्रिकाका लागि सन् १९९४ मा । मन्डेलाले भनेका थिए– कुइटो कुआनाभालेको जीतले श्वेत उत्पिडकको अजेयताको मिथकलाई मेटाई दियो र दक्षिण अफ्रिकाको लडाकु जनतालाई प्रेरित गर्यो । यसले महाद्वीपको दक्षिणी भागमा नश्लवादी शासनलाई समाप्त गर्ने चाबी प्रदान गर्नमा मद्दत गर्यो भन्न सकिन्छ, जसले पुरै क्षेत्रमा रंगभेदको भयानक छायाँलाई फिक्का बनायो । 

मलाई सन् १९८८ मा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी(एसएसीपी)को प्रतिनिधिमण्डलको सदस्यको रुपमा हवानामा उपस्थित हुने सौभाग्य प्राप्त भएको थियो । जब फिडेलले हामीलाई अंगोलाको दक्षिणी भागको एक विशाल स्थलकृतिक मानचित्रको अगाडिबाट सम्बोधन गर्दै कसरी कुइटो कुआनभालेको महान लडाइँले जीत हासिल गर्यो भन्नेबारे बताएका थिए ।

सन् १९९४, मार्च २७ मा प्रिटोरियामा नेल्सन मन्डेलाको राष्ट्रपति पदको अभिषेक समारोहमा पनि मलाई विशेष अवसर दिइएको थियो । उक्त समारोहमा ठूलो संख्यामा जनताद्वारा एक विदेशी पाहुनाका लागि सबैभन्दा ठूलो मञ्चको मञ्जुरी दिइएको थियो, जो क्युवाका प्रसिद्ध नेताका लागि आरक्षित थियो । उनीहरुले एकै स्वरमा भने, ‘फिडेल ! फिडेल !!’ अनि फेरी ‘क्युवा ! क्युवा !!’ । 

सन् १९९८, सेप्टेम्बरमा केप टाउनबाट रोबेन द्वीपका लागि एक नौसैनिक जहाजमा फिडेलको सुरक्षार्थ फेरि पनि मलाई विशेषाधिकार प्राप्त भयो । त्यहाँ उनले नेल्सन मन्डेलाको एक पटक जेल सेलको भ्रमण गरे । 

यसको केही दिनअघि ४ सेप्टम्बरमा उनले दक्षिण अफ्रिकी संसदलाई सम्बोधन गरेका थिए । उनले एक यस्तो अनुभवको सपना देखेको बताउँदै वर्णन गरे ‘एक प्रेमपत्र जस्तै, जुन हजारौं माइल टाढाबाट एक प्रेमिकाका लागि लेखिएको हुन्छ, उनी के सोच्छिन् वा के सुन्न चाहान्छिन् भन्ने थाहा नभई र उनको मुहार कस्तो देखिन्छ भन्ने पनि थाहा नभई लेखिन्छ ।’

सोही अवसरमा, ४ लाख ६१ हजार ९५६ क्युवाली सैनिकले अफ्रिकासँग काँधमा काँध मिलाएर उनीहरुको मुक्तिका लागि लडाई लडेको फिडेलले हामीलाई सम्झना गराए । उनले भने कि– ‘यो अफ्रिकी माटोबाट, जहाँ उनीहरुले काम गरे र स्वेच्छाले निस्वार्थ रुपले लडाइँ लडे । उनीहरुले आफ्ना ढलेका सथाीहरुको अवशेष र एक कर्तव्यलाई पूरा गरेको सम्मान मात्रै लिएर आफ्नो घर क्युवा फर्किएका थिए ।’
.......

कास्ट्रो मार्गः 
दक्षिण अफ्रिकी जनताहरुले क्युवा अध्ययन र प्रशिक्षण लिुन र एक मार्गलाई साझा गर्न पाउनु उनीहरुले पाएको अवसर हो । उनीहरुले क्युवाबाट युद्धको मैदानमा मात्रै होइन, अनगिन्ती रुपले अस्थिर सहायता प्राप्त गरे । यसमा वर्तमान समयमा पनि कोभिड–१९ विरुद्धको संघर्षमा वीर क्युवाका स्वास्थ्य कार्यकर्ताहरुद्वारा दिइएको सहायता पनि सहभागी छन् । यो विश्वभरका मानिसको अनुभव हो, विशेष रुपले अफ्रिका, एशिया र ल्याटिन अमेरिकामा, तर आश्चार्यजनक रुपले इटाली जस्तो यूरोपेली देशहरुमा पनि । क्युवाले क्यारेबिनय र ल्याटिन अमेरिकी देशहरुमा जस्तै दक्षिण अफ्रिकामा पनि स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउन जारी राखेको छ । विश्वभर ५० हजारभन्दा बढी क्युवाली डाक्टरहरु छन्, जसमा ३२ जना अफ्रिकी देशहरुमा छन् । 

सन् १९६०को दशकमा जब हामीले आफ्ना सशस्त्र संघर्ष सुरु गरेका थियौं, त्यतिबेला हामीले ‘क्यालिप्सो बिट’को एक लोकप्रिय गीत बानाएका थियौं । गीत थियो– ‘देशलाई कास्ट्रोको मार्गमा लैजाऔं’ । स्वतन्त्रताको समयसम्म रक्तपातपूर्ण संघर्षबाट क्युवाद्वारा प्रदान गरिएका उदाहरणहरुका बारेमा हामीलाई धेरै कुरा थाहा भयो । क्युवाले मानिसको जीवनमा स्वास्थ्य हेरचाह र शिक्षामा, आवास तथा सामाजिक कल्याणमा, उपनिवेशिक पछौटेपन र असमानतालाई नियन्त्रण गर्नमा र जनताको सुरक्षा र क्रान्तिको सुरक्षा प्रावधानमा एक उदाहरण दियो । 

साम्राज्यवादी वर्चस्व, शोषण र नश्लवादविरुद्ध विशाल वैश्विक संघर्षमा, सैन्य आक्रामकता र जवाफी शासन परिवर्तन, पुँजीवादको गरिमापूर्ण विशेषाधिकार प्राप्त केहीका लागि धन र अर्वौंका लागि गरिबीमा पिल्सनेबीच विभाजित छ, पर्यावरणीय संकटको दृष्टिमा कोभिड–१९ जस्ता भयावह रोग, यी शब्दहरु ‘देशलाई कास्ट्रोको मार्गमा लैजाऔं’ हाम्रो मनमा जीवित छन् । यस गीतले आशालाई प्रेरणा दिन्छ, एकताका लागि प्रेरित गर्छ र फिडेलको अमर शिक्षाहरु तथा भविष्यका बारेमा उनका दृष्टिकोणमाथि हस्ताक्षर गर्छ । 

उनको जन्मोत्सवमा हामी क्युवाका नागरिक र मानवताका साथ फिडेल कास्ट्रोलाई सलाम गर्छौं । उनी अफ्रिकामा, हरेक ठाउँमा र हरेक तहको मुक्तिको प्रतिकको रुपमा रहनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर