कोभिड नियन्त्रण तथा विपद् प्रतिकार्यमा सक्रियताकासाथ लाग्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना भाईरसको नियन्त्रण, रोकथाम र विपद प्रतिकार्यको काम सक्रियतापुर्वक गर्न निर्देशन दिएका छन्  । मुख्यमन्त्री शाहीले शुक्रवार कर्णाली प्रदेशका सवै प्रमुख जिल्ला अधिकारीसंग भर्चुअल वैठकको आयोजना गरी यस्तो निर्देशन दिएका हुन् । 

नागरिकको जीउँधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको भन्दै मुख्यमन्त्री शाहीले उनीहरुको जीउधनमा क्षति पुगेमा राज्यले जवाफ दिनुपर्ने वताए । पछिल्लो वेला लक्षण सहितको संक्रमण वढेको वताउदै सतर्कता अझै वढाउनुपर्ने उनको भनाइ छ  । 

कर्णालीमा वृद्धवृद्धा, दम तथा दीर्घरोगीहरुको संख्या धेरै रहेको वताउदै मुख्यमन्त्री शाहीले लक्षण सहितको संक्रमण समुदायमा पुगेमा मृत्यूदर वढन सक्ने चिन्ता व्यक्त गरे । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्नेहरुसंग अनिवार्य पिसिआर रिपोर्ट माग गर्ने निर्णय गरेको वताउदै निर्णयको कडाईपूर्वक कार्यान्वयन गराउन मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन्  । 

मेलापर्वको समय शुरु भएको वताउदै मुख्यमन्त्री शाहीले जिल्लामा कुनै पनि मेला, महोत्सव, भेला, तथा राजनीतिक भेला, वैठक र भिडभाड हुने गतिविधि पनि कडाईपुर्वक रोक्न निर्देशन गरे । जिल्ला विपद व्यवस्थापन केन्द्र वैठकवाट स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क लगाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए । 

प्रदेश सरकारले जिल्ला अस्पत्तालहरुमा अक्सीजन, कम्तीमा एउटा भेन्टीलेटर र ५ देखि ७ वटा आईसीयू वेड व्यवस्था गर्न लागेको जानकारी दिएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर