• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

मनकारी ‘भिखारी’ : कोरोना राहत कोषलाई गरे ९० हजार सहयोग

काठमाडौं । कोरोना महामारीको कारण विश्व नै आक्रान्त भएको छ । यस्तो अवस्थामा धेरै मानिसहरु सहयोगका लागि अगाडी सरेका छन् । त्यस्तै भारतको तमिलनाडुका एक ‘भिखारी’ यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनी सबैको लागि प्रेरणाका स्रोत बनेका छन् ।  उनले कोरोना राहत कोषको लागि राज्यलाई ९० हजार सहयोग गरेका छन् । 


उक्त ‘भिखारी’ पुल पण्डितले एजेन्सी एएनआइसाग कुरा गर्दै भने –अहिले मलाई सामाजिक कार्यकर्ताको उपधि दिइएको छ ।  यो भन्दा अगाडी पनि मैले जिल्लाका समाजसेवीसँग मिलेर  अनाथ बच्चालाई सहयोग गरेको थिएँ  । ’

पुल पण्डित तूतिकोरिन जिल्लामा बस्छन् । उनी भिख माग्नको लागि यत्रतत्र डुलिरहेका हुन् । भिख मागेर जम्मा भएको पैसा उनी जहाँको जिल्लामा पुग्छ त्यही समाजसेवाको लागि सहयोग गर्छ । उनले जिल्लाका धेरै सरकारी स्कुललाई शिक्षाको लागि सहयोग गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर