सप्तरीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु
सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृतक राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी हुन् ।
बिरामी भएपछि गत शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी ६५ वर्षीया महिलाको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो ।
स्वाबको रिपोर्ट पोजेटिभ आएको ति महिलालाई सास फेर्न गाह्रो भएपछि विपी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस