अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको ज्यान गयो
सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको अकालमा मृत्यु भएको छ ।
महाकुलुङ ३ ककी २८ वर्षीया रविमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिए ।
उनका अनुसार आज बिहान छेस्काम स्वास्थ्चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउँदै गर्दा पेल्माङ भन्ने स्थानमा मृत्यु भएको हो ।
प्रतिकृया दिनुहोस