चट्याङ लागेर बाग्लुङमा एक युवकको मृत्यु
बाग्लुङ । चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ।
वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका(३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो। मोवाइल चार्जमा राख्नेक्रममा चट्याङ लागी घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारका लागि लगिएकोमा गएराति नै मृत घोषणा गरिएको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रहरी नायव निरीक्क युवराज सलामीले बताए। रासस
प्रतिकृया दिनुहोस