• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 11:16 pm

विद्युत् जडानपछि २४ सै घण्टा टेलिफोन

खोटाङ। केपिलासगढी गाउँपालिका-४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गरिएको छ। 

नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ । 

विद्युत् अभावमा गत चैतदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए। “विद्युत् अभावमा टेलिफोन गर्न दिउँसोको घाम पर्खनुपर्ने थियो”, उनले भने, “केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि अहिले जुनसुकै समयमा टेलिफोन सम्पर्क गर्न सकिने भएको छ ।”

धिर्नुडाँडाको अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि जिल्लाको उत्तरी क्षेत्रका वासिन्दालाई सहज भएको छ। दुई वर्षअघि जडान गरेर सञ्चालनमा ल्याइएको टेलिफोन टावर यसअघिसम्म दैनिक बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो । 

थ्री-जी सेवा सञ्चालन हुँदै आएको उक्त टेलिफोन टावरमा केहि दिनभित्रै फोरजी सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले बताए। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टिकटक र विच्याट बन्द हुने भएपछि अमेरिकामा एकै दिन दुई वर्ष यताकै सर्वाधिक डाउनलोड

  • ४ असोज, २०७७

एजेन्सी । अमेरिकी सरकारले आइतबारदेखि अमेरिकामा चिनियाँ एपहरु टिकटक र विच्याट डाउनलोडमा प्रतिबन्ध लगाउने भएपछि बन्द हुनअघि यी एपहरु डाउनलोड गर्न

अमेरिकामा आइतबारदेखि टिकटक र वीच्याट डाउनलोडमा प्रतिबन्ध

  • ३ असोज, २०७७

एजेन्सी । अमेरिकामा आइतबारदेखि टिकटक र वीच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ। ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ

विदेशबाट भित्रने अनलाइन माध्यमको आम्दानी बै‌क खाता मार्फत

  • २ असोज, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार गरेबापत विदेशबाट भित्रिने मुद्रा नेपालका बैंकको खातामा रकमान्तर हुने व्यवस्था ल्याएको छ