• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

८ प्रहरीसहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि

कास्की । गण्डकी  प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ५० जनामा कोरोना पुष्टि भएको हो । 
कोरोना संक्रमितहरुमा कास्की जिल्ला, पोखरा महानगरपालिका(४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् ।

 वार्ड नं १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नं २७ का २८ बर्षीय पुरुष, वार्ड नं ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । 
रुपा १ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति, वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीमा पनि कोरोना देखिएको छ । 

तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति, बाग्लुङ जिल्ला, गल्कोट ३ र बाग्लुङ १ का क्रमशस् ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिमा पनि कोरोना देखिएको छ ।  अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ३१६६  पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर