• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 03:53 am

पहाडबाट लेदो र ढुङ्गा खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

मुग्लिन । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा मंगलबार बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ। पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए।

“खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन”, तामाङले भने, “हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।”

निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बाह्रविसे–७ का बाढी पीडितलाई राहत बोकेर पुग्यो युवा संघका संयोजक सापकोटा सहितको टोली

  • ३ असोज, २०७७

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं–७ नागपुजेका बाढी पीडितलाई राहत वितरण गरेको छ । सत्तारुढ दल नेपाल

अध्यक्ष प्रचण्डले चितवनका दुई पुराना वामपन्थी नेता भेटे

  • ३ असोज, २०७७

चितवन । शुक्रबार चितवन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी

  • ३ असोज, २०७७

सर्लाही ।  मूर्ति विसर्जनको विषयलाई लिएर दुई समुदायबीचको विवाद बढेपछि सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन