• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 09:12 pm

भारतको पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्वद्ध ९ व्यक्ति पक्राउ

तस्विर : ढाका ट्रिब्युट

नयाँ दिल्ली । भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए)ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

एनआईएले नौ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्बद्ध रहेको दावी गरेको छ । 

एनआईएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान सबेरै एनआईएले एर्नाकुलम (केरला) र मुर्शिदाबाद (पश्चिम बङ्गाल)मा धेरै ठाउँमा एकसाथ छापा मारेको थियो । जसमा अल कायदा समूहसँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको छ ।’ 

पश्चिम बङ्गाल र केरलालगायत भारतका विभिन्न स्थानहरूमा अल कायदा समूहको अन्तर–राज्य सञ्जाल रहेको गोप्य जानकारीपछि उनीहरूलाई पिछा गरिएको थियो । 

यो समूहले निर्दोष मानिसहरूको हत्या गर्ने तथा भारतका प्रमुख प्रतिष्ठानहरूमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेको विज्ञप्तिमा बताइएको छ । नौ मध्ये छ जना पश्चिम बङ्गाल र तीन जना केरलाबाट पक्राउ परेका थिए । 

पक्राउ परेका व्यक्तिलाई केरला र पश्चिम बंगालको प्रहरी हिरासतमा लिई सम्बन्धित अदालतमा थप अनुसन्धानको लागि पेश गरिने बताइउको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

  • ११ कार्तिक, २०७७

नयाँदिल्ली ।  भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ ।दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार

पाकिस्तानमा विस्फोट : सातको मृत्यु, ११२ घाइते

  • ११ कार्तिक, २०७७

पेशावर । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मङ्गलबार बिहान

भारतमा तीन महिनापछि सबैभन्दा थोरै सङ्क्रमित

  • ११ कार्तिक, २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले