भारतको पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्वद्ध ९ व्यक्ति पक्राउ
नयाँ दिल्ली । भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए)ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।
एनआईएले नौ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्बद्ध रहेको दावी गरेको छ ।
एनआईएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान सबेरै एनआईएले एर्नाकुलम (केरला) र मुर्शिदाबाद (पश्चिम बङ्गाल)मा धेरै ठाउँमा एकसाथ छापा मारेको थियो । जसमा अल कायदा समूहसँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको छ ।’
पश्चिम बङ्गाल र केरलालगायत भारतका विभिन्न स्थानहरूमा अल कायदा समूहको अन्तर–राज्य सञ्जाल रहेको गोप्य जानकारीपछि उनीहरूलाई पिछा गरिएको थियो ।
यो समूहले निर्दोष मानिसहरूको हत्या गर्ने तथा भारतका प्रमुख प्रतिष्ठानहरूमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेको विज्ञप्तिमा बताइएको छ । नौ मध्ये छ जना पश्चिम बङ्गाल र तीन जना केरलाबाट पक्राउ परेका थिए ।
पक्राउ परेका व्यक्तिलाई केरला र पश्चिम बंगालको प्रहरी हिरासतमा लिई सम्बन्धित अदालतमा थप अनुसन्धानको लागि पेश गरिने बताइउको छ ।
प्रतिकृया दिनुहोस