• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 04:19 am

मदन पुरस्कार ‘महारानी’उपन्यासलाई , जगदम्बाश्री ठटाललाई

काठमाडौँ । मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । 

विसं २०७५ को मदन पुरस्कार पनि  योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ लाई प्रदान गरिएको थियो । मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए । तिनमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु, ललित विष्टको मोहपथ र  शारदा शर्माको यात्रामा कृति पनि  मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए । 

यसैगरी सभाले गत छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पु¥याएवापत गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ ।  । 

विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो ।  विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो । विसं २०१३ मा गद्यविधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ लाई पुरस्कार प्रदान गरेको थियो । 
यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परदेशबाट प्रेषित 'प्रेम पत्र'

  • २४ असोज, २०७७

प्रिय मन परेको मान्छे,                          अचेल मलाई मेरो मन तिमीलाई पठाउन मन छ । प्रेम संसारको सबैभन्दा मधुरतम भाव हो । जसरी जीवनका

आशु कविता प्रतियोजिता जुम प्रविधिबाट सम्पन्न

  • २३ असोज, २०७७

काठमाडौं ।  विद्यालय तहको कक्षा १० सम्मका विद्यार्थीका बीचमा कार्यक्रममै कविता लेखी वाचन गर्ने आशु कविता प्रतियोजिता जुम प्रविधिबाट सम्पन्न भएको छ

कोभिड–१९ पछिका बिष्णु दाइ र राधिका भाउजु

  • १८ असोज, २०७७

बिष्णु दाइको आफ्नो प्राण भन्दा प्यारी श्रीमती राधिका भाउजु कोभिड–१९ को संक्रमणका कारण राजधानीमा परलोक भइन् । पत्नी वियोगबाट भौतारिंदै बिष्णु दाइ