• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आईपीएल २०२० : दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हरायो

काठमाडौं ।  दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा किङ्ग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

यूएईमा जारी लिगको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ को योगफल तयार गरेको थियो।

दिल्लीविरुद्ध १५८ रनको विजयलक्ष्य पछ्याउँदै पञ्जाब १५८ को विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले पनि सोही नतिजा दोहो¥याउँदा खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पहिले बलिङ गरेको दिल्लीका लागि कागिसो रवाडाले दुई विकेट लिएपछि दिल्लीले एक ओभरमा ३ रनको लक्ष्य पाएको थियो।

३ रनको लक्ष्यसहित कप्तान श्रेयस ऐयर र ऋषभ पन्त दिल्लीका लागि क्रिजमा उत्रिएका थिए।१ रन वाइडमा पाएको दिल्लीका लागि ऋषभले २ रन थप्दै रोमाञ्चक जित दिलाए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर