लिभरपुलसँग घरेलु मैदानमै चेल्सी पराजित
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सी लिभरपुलसँग पराजित भएको छ । गए राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा आन्द्रेयास क्रिष्टेन्सनले सीधै रातो कार्डा पाएर मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भयो ।
पहिलो हाफमा गोल नखाएको चेल्सीले दोस्रो हाफमा दुई गोल खायो । चार मिनेटभित्र साडिओ मानेले लिभरपुलका लागि दुई गोल गरे । उनले ५० र ५४ औँ मिनेटमा गोल गरेका हुन् ।
प्रतिकृया दिनुहोस