• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

खोलाले बगाएको जीप भेटियो, बेपत्ताको खोजी जारी

चन्द्रौटा । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएका छैनन् ।  कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा१ञ नम्बरको जीप बगाउँदा ३५ वर्षीय चालक माधव पाण्डेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् । 

उनका अनुसार जीपमा सवार छ मध्ये तीन जना हाम फालेर बच्न सफल भएका थिए भने दुई जना बेपत्ता भएका थिए । 
वाणगङ्गाको भलवाड पडेरीयामा विद्युत् मर्मतको काम सकेर कार्यालय फर्कने क्रममा जीपलाई खोलाले बगाउँदा त्यसमा सवार प्राधिकरणका फ्युज सेवा गजेहडाका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्घाखाँची शितगङ्गा नगरपालिका– १३ का केशव भाट क्षेत्री अहिलेसम्म फेला पर्न नसकेको अधिकारीले बताए । 

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको आसपासका क्षेत्रबाट दुबै जनाको खोजी कार्य जारी राखेको छ । बुधबारदेखि नै तीन वटै सुरक्षा निकायको टोली खोजी कार्यमा परिचालन भएको छ । बुधवार नभेटिएपछि सो टोलीले आज बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी कार्य गरिरहेकोे अधिकारीले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर