पहुँचको भरमा सवारी चालक अनुमति पत्र वितरण नगर्न मुख्यमन्त्री शाहीको निर्देशन

तस्विर : समाचारदैनिक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पहुँचको भरमा लाइसेन्स वितरण नगर्नको लागि यातायात व्यावस्था कार्यालय सुर्खेतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

यो भन्दा अगाडि धेरै सरकार्री कार्यालयमा लाइसेन्स पहुचको भरमा वितरण गरिएको भन्दै मुख्यमन्त्री शाहीले लाइसेन्स  लिन भनसुन र पहुँच चाहिन्छ भन्ने भ्रम जनस्तरमा रहेकाले त्यसलाई चिरेर उत्तरदायी र पारदर्शी काम गर्न यातायात व्यवस्था कार्यालयलाई मुख्यमन्त्री शाहीले निर्देशन दिएका हुन् । 

नयाँ लाइसेन्स वितरण कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री शाहीले दलाली र माफियामार्फत लाइसेन्स वितरण गरिँदैन भन्ने सन्देश प्रवाह गर्ने सेवा दिन निर्देशन दिएका हुन् । ‘नयाँ लाइसेन्स लिन नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य गर्दै सबै सेवा सुर्खेतबाट प्रवाह गर्दा सेवाग्राहीलाई सहज भएको छ’ मुख्यमन्त्रीले भने, ‘कामको चाप थपिएसँगै उत्तरदायी र पारदर्शी सेवा प्रवाहमा कुनै कञ्जुसाई नगर्नुस् ।’


मुख्यमन्त्री शाहीले सुर्खेतबाटै लाइसेन्स छपाइ प्रक्रिया अघि बढाउन सरकारले गृहकार्य गरेको जनाए । ‘संघीयताले नागरिकलाई सहज, छिटो र छरितो सेवा प्रवाह गर्ने अधिकार प्रत्यायोजन गरेकाले महिनौं लगाएर काठमाडौंकै भर पर्नुपर्ने बाध्यता अन्त्य गर्ने गृहकार्यमा सरकार लागेको छ’ मुख्यमन्त्रीले भने, ‘नागरिकहरुलाई पारदर्शी सेवा प्रवाह गरेर घरमै लाइसेन्स पु¥याइदिने तयारी अब कार्यालयले गर्नुपर्छ त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ ।’

पाँचसय ५३ ओटा लाइसेन्स वितरण

गत माघ ६ गतेबाट नयाँ लाइसेन्स सेवा शुरु गरेको कार्यालयले आज पाँचसय ५३ वटा नयाँ लाईसेन्स वितरण गरिएको प्रमुख आनन्द चपाइँले जानकारी दिए । गत माघबाटै सेवा शुरु गरिएपनि छपाइ गर्न काठमाडौं पठाउनु पर्ने र कोभिड–१९ का कारण पनि वितरण प्रक्रिया ढिला भएको चपाइँको भनाई छ ।
उनकाअनुसार नयाँ लाइसेन्सबाट मात्रै ८ लाख ९२ हजार राजश्व संकलन भएको जनाए । कार्यालयले गत आर्थिक वर्षमा १० करोड ७३ लाख राजश्व संकलन गरिएको पनि प्रमुख चपाइँको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर