• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

आईपीएल : पञ्जाबका कप्तान राहुलको नयाँ रेकर्ड, बैंगलोर ९७ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा किङ्स इलाभेन पन्जाबले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति यूएईमा भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सहज जित दर्ता गरेको हो । 

२ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा १ सय ९ रन बनाएर अलआउट हुँदा पन्जाबले ९७ रनको जित दर्ता गरेको छ।टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान केएल राहुलले ६९ बलमा ७ छक्का र १४ चौका हान्दै १ सय ३२ रनको शतकीय पारी खेले । योसँगै उनी यो सिजनको आईपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । 

पन्जाबका लागि मायांक अग्रवालले २६, निकोलस पुरनले १७, करुण नायरले १५ रन जोडे ।​बैंगलोरका शिबम डुबेले २ र युजभेन्द्र चाहलले १ विकेट लिएका थिए ।

खेलमा बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३०, एबी डी भिलियर्सले २८,  आरोन फिन्च २० र  शिवम डुबे १२ रन जोडे ।

पन्जाबका रवि विश्नोई र मुरुगान आश्विनले तीन–तीन विकेट लिए भने सेलड्रोन कोट्रेलले दुई विकेट लिए । 

पन्जाबले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा पन्जाब सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर