यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाई
एजेन्सी । यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखले जितेकाे छ । गएराति भएको फाइनलमा सेभिल्लालाई खेलको अतिरिक्त समयमा २–१ ले पराजित गर्दै बार्यनले उपाधि जितेकाे हो ।
बार्यनले यसअघि सन् २०१३ अर्थात् सात वर्षअघि सुपर कपको उपाधि जितेको थियो । सात वर्षपछि फाइनलमा पुगेको बार्यन खेल उल्टाएर उपाधि जित्न सफल भएको हो ।सेभिल्ला भने पछिल्लो १० वर्षमा चौथो पटक युएफए सुपर कपको फाइनलमा पराजित भएको छ ।
गएराति हंगेरीमा भएको फाइनलमा खेलमा पहिलो गोल भने सेभिल्लाले गरेको थियो । खेलको १३ औं मिनेटमा सेभिल्लाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
तर, ३४औं मिनेटमा बार्यनका लियोन गोरेज्काले गोल गरेपछि खेल ११ को बराबरीमा पुग्यो। पहिलो हाफमा बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा समेत गोल हुन सकेन् ।
निर्धारित ९० मिनेटसम्म खेल बराबरी भएपछि उपाधिका लागि अतिरिक्त समयमा प्रतिस्पर्धा भयो । थप भएको समयको एक सय चार मिनेटमा बार्यनका मार्टिनेज अगुईनागाले गोल गर्दै सात वर्षपछि उपाधिको रक्षा गरेका हुन् ।
प्रतिकृया दिनुहोस