• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 08:58 pm

डोटीमा टेलिकमको एफटीटीएच सेवा सुरु

डोटी। नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटीटीएच अर्थात् फाइबर टु द होम सेवा सुरु भएको छ।

जिल्लामा पहिलोपटक उक्त सेवा सुरु गरिएको हो। सेवा सुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ।

अहिलेसम्म जिल्ला सदरमुकाम सिलगढीमा १७८ तथा पिपल्ला र राजपुर बजारमा २५४ गरी कूल ४३२ ग्राहकले एफटीटीएच सेवा जडान गरेका छन्।

यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा उक्त सेवा जडान गर्ने कार्य सुरु गरिएको हो।

उक्त फाइबर टु द होम अर्थात् एफटीटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम दिपायलले जनाएको छ। यतिमात्र नभई उक्त सेवाबाट टिभीसमेत चलाउन मिल्ने बनाइएको छ। यसअघि यो सेवा काठमाडौंमा मात्रै सुरु गरिएको भए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा विस्तार गर्न थालिएको छ।

नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चन्द्रमाको सतहमा पानी भेटियो, मानववस्ती विकासको नयाँ सम्भावना

  • ११ कार्तिक, २०७७

एजेन्सी । चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पुष्टि गरेको छ । चन्द्रमाको घाम लाग्ने ठाउँमा पानी पाइएको नासाले उल्लेख

गुगलविरुद्ध अमेरिकी सरकारले दायर गर्‍यो मुद्दा

  • ५ कार्तिक, २०७७

एजेन्सी । अमेरिका सरकारले इन्टरनेटमा सर्च (खोजी) इन्जिन गुगलविरुद्ध मुद्दा दायर गरेको छ । प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा

आईफोन १२ : ४ नयाँ मोडल लन्च, कति पर्छ मूल्य ?

  • २८ असोज, २०७७

एजेन्सी । अमेरिकी टेक कम्पनी एप्पलले आईफोन १२ सिरिज लञ्च गरेको छ । मंगलबार एक डिभिजल इभेन्ट्समार्फत एप्पलले ४ नयाँ मोडल बजारमा उतारेको घोषणा गरेको हो