• २०८३ कार्तिक ११ मंगलबार
  • Tuesday, 27 October, 2026

अर्वपति ट्रम्पले किन तिरेनन् आयकर ?

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ।

अमेरिकाबाट प्रकाशित प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सको समाचार अनुसार उनले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको उल्लेख छ । उनले सो आयकर राष्ट्रपति निर्वाचित भएका वर्ष तिरेका हुन् ।

ट्रम्पले पछिल्लो १० वर्षको आय कर नतिरेको न्यूयोर्क टाइम्सले समाचारमा उल्लेख गरेको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको खबरमा दाबी गरिएको छ ।

यता ट्रम्पले न्यूर्योक टाइम्सको खबरलाई ‘टोटल्ली फेक न्यूज’ भनि खारेज गरेका छन् । आइतबार न्यूयोर्क टाइम्समा स्टोरी प्रकाशित भएपछि ट्रम्पले पत्रकारसँग आफ्नो बचाउ गर्दै भनेका छन्, ‘वास्तवमा मैले तिरेको छु, तर तपाईँहरु सबैले मेरो कर सम्बन्धी काम सकिएपछि देख्नु हुनेछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर