• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सार्वजनिक सवारीसाधनमा आजबाट पुरानै भाडादर कायम

काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको छ । विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको हो ।

 विज्ञप्तिमार्फत विभागले यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने र साविकको भाडा दरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था समेत खारेज भएको जनाएको छ । योसँगै सार्वजनिक यातायातका साधनहरुले अब पुरा सिट प्यासेन्जर बोक्न पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर