• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अदालतको आदेशपछि खुल्यो भारतको बाँके बिहार मन्दिर

फाइल तस्विर

मथुरा । भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । 

कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।  

विश्व विख्यात यस मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो । तर अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् । 

दर्शालुहरुलाई बिहान ८:३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५:३० देखि ९:३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ । दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । 

हिन्दुहरुको अत्यन्त आस्था रहेको यस मन्दिरमा बर्षेनी लाखौ हिन्दु धर्माबलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर