• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

न्यूजिल्याण्ड चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डन भारी मतले विजयी

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको पार्टी शनिबार भएको आम निर्वाचनमा भारी मतले विजयी भएको छ ।

बीबीसी समाचारका अनुसार हालसम्म प्राप्त नतिजामा आर्डनको लेबर पार्टीले ४९ प्रतिशत भोट पाएको छ र उनले न्यूजिल्याण्डको राजनीतिमा दुर्लभ बहुमत हासिल गर्ने आशा गरिएको छ । विपक्षी मध्य–पंथी नेशनल पार्टीले अहिलेसम्म २७ प्रतिशत भोट पाएको छ र पार्टीले आफ्नो हार स्विकारिसकेको छ ।

 एक महिना अघि नै हुनुपर्ने चुनाव कोभिड–महामारीका कारण यो स्थगित गरिएको थियो । मतदान स्थानीय समयानुसार बिहान ९ बजे सुरु भयो जुन बेलुका ७ बजेसम्म खुल्ला गरिएको थियो । न्यूजिल्याण्डमा आम निर्वाचनका साथै जनतालाई दुई जनमतसंग्रहमा पनि मतदान गराइएको थियो ।

आर्डनले के बहुमत हासिल गर्लिन त ?

चुनाव आयोगका अनुसार लेबर पार्टीले ९ प्रतिशत, नेशनल पार्टीले २७ प्रतिशत र ग्रीन र एक्ट न्यूजिल्याण्ड पार्टीले ८–८ प्रतिशत भोट पाएका छन् ।

नेशनल पार्टीकी नेता जुडिथ कलिङ्ग्सले जसिन्डा आर्डर्नलाई बधाईसमेत दिइसकेकी छिन् ।जीतपछि आफ्नो समर्थकलाई सम्बोधन गर्दै आर्डर्नले भनिन्, ‘न्यूजिल्याण्डले लेबर पार्टीलाई ५० वर्षमा सबैभन्दा ठूलो समर्थन दिएको छ । हामीले तपाईंको समर्थनलाई हल्का रुपमा लिने छैनौं । म बचन दिन चाहन्छु कि हाम्रो पार्टीले हरेक नागरिकका लागि काम गर्नेछ ।’

आर्डर्नको पार्टीले ६४ सिट पाउन सक्छ । न्यूजिल्याण्डमा सन् १९९६ मा लागू भएको संसदीय प्रणाली ९एमएमपी० पछि कुनै पनि पार्टीले बहुमत हासिल गरेको छैन ।

चुनाव अघि विश्लेषकले आर्डर्नको पार्टीले यति ठूलो जीत हासिल गर्ने कुरामा शंका व्यक्त गरेका थिए ।

युनिभर्सिटी अफ अकल्याण्डकी प्राध्यापक जेनिफर कर्टिनले यसअघि पनि पार्टी नेताले बहुमत पाउने आशा गरिएको थियो तर उनीहरु विफल भएका थिए ।

उनले भनेका थिए, ‘न्यूजिल्याण्डका मतदाता रणनीतिक मतदान गर्छन् र आफ्नो भोट पार्टीबीच बाँड्छन् । करिब ३० प्रतिशत मतदाता साना पार्टीलाई भोट दिन्छन् । यस्तोमा लेबर पार्टीले ५० प्रतिशत भोट हासिल गर्न मुश्किल हुनेछ ।’

आर्डर्नले आफ्नो चुनाव अभियानमा पर्यावरण सम्बन्धि नीति ल्याउने, पिछडिएका स्कूलका लागि थप आर्थिक सहयोग प्रदान गर्ने र धेरै आय भएका मानिसहरुमाथि अतिरिक्त कर लगाउने बचन दिएकी थिइन् । –बीबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर