• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कर्णाली प्रदेश विवाद: प्रधानमन्त्रीसंग कुनै सहमति भएको छैन–प्रचण्ड

कर्णाली विवादमा ओली प्रचण्डबीच चार बुँदे सहमति भयो–सूर्य थापा

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।  प्रचण्डका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओलीसँग चारबुँदे सहमति भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र बिहान अध्यक्षले आफ्ना कुरा राखेर हिँडेको जानकारी गराएका हुन् ।

प्रेस नोट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो । उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।
बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय


तर यसअघि  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चारबुँदे सहमति भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

सूर्य थापाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा मुख्यमन्त्रीद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको जानकारी दिएका छन् ।

सूर्य थापाद्वारा जारी प्रेस नोट

प्रेस नोट 

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालूप्रचण्डू बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु ;
१ कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२  प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने । 
३ मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र 
४ अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने । 
यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।
सूर्य थापा
प्रेस सल्लाहकार 
४ कात्तिक २०७७

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर