तीन लाख २१ हजार नक्कली नोटसहित चितवनबाट एक जना पक्राउ

चितवन । चितवन प्रहरीले तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलन गरेर नक्कली नोटसहित नगदसहित मकवानपुरको राक्सीराङ–८ का २६ वर्षीय जितबहादुर लोप्चनलाई सार्वजनिक गरेको छ । 

चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडाबाट १२ हजारको नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । नक्कली नोटसहित पक्राउ परेपछि थप अनुसन्धानका क्मरमा घरमा लुकाई राखेको एक हजार दरको ३०२ थान गरी ३ लाख २ हजार नगद बरामद गरिएको प्रहरी प्रवक्ता थापाले बताए । 

प्रहरीले अनुसन्धानको क्रममा भण्डारास्थित युनिक होटललाई खाजा बापत दिएको एक हजार र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किने बापत दिएको ६ हजार रुपैयाँ नगद समेत बरामद गरेको छ । केही दिन अघि मात्रै सो पसलमा नक्कली पैसा दिएर खाद्यान्न किनेको खुले लगतै प्रहरीले हुलियाको आधारमा लोप्चनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

प्रहरीले हिरासतमा रहेका लोप्चनलाई चितवन जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृति समर्थन लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर