• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून्ः प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आआफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन्। 

विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गर्ने विश्वास गरे।

प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामना गरे। कोरोना भाइरसका कारण उत्पन्न विषम र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै  रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर