• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

च्याम्पियन लिगमा लिभरपुलको लगातार जित यात्रा कायम

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार जितको यात्रा कायम राखेको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफी मिड्टजील्याण्डलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिओगो जोटा र मोहम्मद सालहले गोल गरेका हुन् । ५५ औँ मिनेटमा जोटा र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरी टिमलाई जित दिलाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर