• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

हुम्लाबाट परीक्षणका लागि ३२ जनाको स्वाब सुर्खेत पठाइयो

हुम्ला। जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ।

कात्तिक २ गते स्वाब सङ्कलन गरी ४ गते पोजिटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरीसहित उनीहरूको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ। पोजिटिभ देखिएका चारजनासहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार बिहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए।

हुम्लामा हालसम्म ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर