कर्णालीमा खेलकुद विकाशका लागि पुलको काम गर्ने बस्यालको प्रतिबद्धता 

सुर्खेत । कर्णालीबाट पहिलो पटक राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएकी चर्चित टेक्वाण्डो खेलाडी नन्दा बस्यालले कर्णालीमा खेलकुल विकासको लागि आफुले पुलको काम गर्ने प्रतिबद्धता जनाएकी छन् । 

शुक्रबार प्रदेश खेलकुद परिषद सुर्खेत र खेलकुद जिल्ला विकास समिति सुर्खेतले बस्याललाई स्वागत तथा शुभकामना कार्याक्रमको आयोजना गरी सम्मान गरेको थियो । सम्मान कार्याक्रममा बोल्दै खेलाडी बस्यालले यस्तो प्रतिबद्धता व्याक्त गरकी हुन् । 

‘कर्णाली भौगलिक र मानब सुचाङ्कका हिसाबले सबै भन्दा पछि परेको प्रदेश भनेर चिनिएको छ । यो भन्दा अगाडि यो प्रदेशको खेलकुद विकासका लागि राज्यले कुनै पनि खेलाडीलाई कर्णालीको तर्फबाट परिषदमा नियुक्त गरेको थिएन त्यो अबसर अहिले मेरो काँधमा आएको छ, ‘बस्यालले भनिन्, अब म आफ्नो आवाज भन्दा कर्णालीका अग्रज र समकालिन खेल प्रेमिको आवाज परिषदमा बोल्ने छु,।’

स्वागत कार्यक्रममा जिल्ला खेलकुद समिति सुर्खेतका पूर्व अध्यक्ष चन्द्र कुमार गिरीले यो भन्दा पछि हुने १० औँ राष्ट्रिय खेलकुदको आयोजना कर्णालीमा गर्नको लागि बस्यालले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताएका थिए । खेलाडी बस्यालले खेलकुलमा मात्रै नभएर कलाकारिता क्षेत्रबाट पनि कर्णाली प्रदेशलाई संसारमा चिनाएकाले उनले गरेको योगदानलाई प्रदेश सरकार र कर्णालीका स्थानीय सरकारले कदर गर्नु पर्ने औल्याएका थिए । 

सम्मान कार्यक्रममा सुर्खेत जिल्लाका संगठित सबै खेलकुद समितिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बस्याललाई कर्णाली प्रदेशको उच्च नाम राखेको भन्दै सरोकारवालाहरुले धन्यावाद ज्ञापान गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर