• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 03:59 pm

भारतमा कोभिड–१९ संक्रमित ८० लाख ८८ हजार नाघे, १ लाख २१ हजार बढीको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ । 

मन्त्रालयकाअनुसार कोभिड–१९ बाट संक्रमितमध्ये  करिब ७३ लाख ९४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २१ हजार ९० जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ५ लाख ९४ हजारको हाराहारीमा रहेको जनाएको छ । परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या ११ करोड ६४ लाख रहेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

  • १४ मङ्सिर, २०७७

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज

अफगानिस्तानमा आत्मघाती आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु

  • १४ मङ्सिर, २०७७

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।  आत्मघातीले सैनिक शिविरमा गरेको

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

  • १४ मङ्सिर, २०७७

नयाँ दिल्ली ।   भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा