ट्रकको ठक्करबाट दाङमा तीन जनाको मृत्यु
दाङ। दाङमा ट्रकले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका-४, मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताएv । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।
प्रतिकृया दिनुहोस