• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

तिहार अघिनै फूल्यो सयपत्री, जाेगाउन भरतपुरका युवाले लगाए यस्ताे जुक्ति

चितवन । यसवर्ष तिहार पछाडि धकेलिदा बोटमै फूल सुक्न थालेपछी किसानहरुले कोल्ड स्टोरमा राख्न बाध्य भएका छन् । सयपत्री फूललाई ताजा अवस्थामा राख्न फूल किसानहरुले कोल्ड स्टोर रोज्नु परेको हो । 

दसैँमानै तयार भएका फूलहरु कोभिड–१९ को असरले खासै बिक्री नभएपछि फुलिसकेका फूल अब के गर्ने भन्ने चिन्ता किसानलाई परेको थियो । चितवनको भरतपुरका युवा किसानहरुले फूललाई बोटमै सुकेर कुहिन दिनुभन्दा तिहारसम्म टिकाउन कोल्ड स्टोरमा राख्न सुरु गरेको बताएका छन् । 

बारीमा नै फूल सुक्न थालेपछि तिहारसम्म टिकाउन फूल टिपेर कोल्ड स्टोरमा राख्न थालिएको माली दाइ एग्रो इनोभेसनका सञ्चालक ई. सागर कार्कीले बताए । फूलको माला उनेर कोल्ड स्टोरमा राखेपछि १० देखि १२ दिनसम्म टिकाउन सकिने उनले बताए । फूललाई कोल्ड स्टोरबाट निकालेर चिसो कोठामा राख्दा थप तीन दिनसम्म ताजा राख्न सकिने कार्कीको भनाइ छ । 

छ जना युवाहरु मिलेर माली दाइ एग्रो इनोभेसन सञ्चालन गरेका हुन् । उनीहरुले तीन वर्षदेखि सयपत्री फूलखेती गर्दै आएका छन् । यसवर्ष विभिन्न चार ठाउँमा गरी ११ कट्ठा जमिनमा सयपत्री फूलखेती गरेका छन् । 

तिहारको लागि भनेर सयपत्री फूलको माग आउन थालिसकेको कार्कीले समाचार दैनिकसँग बताए । यसवर्षको तिहारमा करिब पाँच हजार माला बिक्री गर्ने उनीहरुको लक्ष्य छ । 

अफ्रिकन ब्रिड कोलकतिया सयपत्री फूल विक्री गदै आएको माली दाइ एग्रो इनोभेसनले सयपत्री फूलको बीउ र बिरूवा पनि बिक्री गर्नेगदर्छ । 

तिहारका लागि करिब १२ कट्ठामा सयपत्री फूल लगाउने भनेर उमारिएको बीउ वर्षाका कारण नष्ट भएको इनोभेसनका सञ्चालक कार्कीले बताए । यसवर्ष सयपत्रीको फूल प्रतिमाला ८० देखि एक सय रूपैयाँ र प्रतिकेजी पाँच सय रूपैयाँमा बिक्री गरिने उनको भनाइ छ । फूल फुल्न सुरू भएदेखि हालसम्म करिब आठ सय माला बिक्री भइसकेको कार्कीले बताउछन् । चैतदेखि असार–साउनसम्म तथा कार्तिक–मंसिरदेखि फागुनसम्म गरी तीनवटै सिजनमा सयपत्रीको फूल उत्पादन हुदै आएको छ । 

फूलखेतीमा उचित मूल्य नपाउने समस्या बाहेक बिउबिजन, बजार, झार आउने, भण्डार, खुल्ला सिमाना लगायत समस्या फूल खेती गर्ने किसानहरुले भोग्दै आएको किसानहरुको गुनासो रहेको छ । 

फ्लोरीकल्चर एसोसीएसनका अधयक्ष प्रकाश पन्तका अनुसार चितवनमा यस वर्ष करिब तिस बिगाह क्षेत्रफलमा फूल खुती भएको छ । अघिल्लो वर्षको भन्दा वढी उत्पादन र बाहिरी जिल्लाका कोभीड १९ का कारण धेरै फूलहरु बाहिर पठाउन नपाउदा बिग्रने समस्या रहेको उनको भनाई छ । 

चितवनमा उत्पादीत फूलहरु विवाहमा मालाको रुपमा प्रयोग हुँदै आएकोमा यो वर्ष त्यति खपत हुन नसक्दा पनि कोल्ड स्टोरमा राख्नु परेको अध्यक्ष पन्तले बताए । 
चितवनमा व्यवसायीक रुपमा फूल खेती गर्ने किसानहरुको संख्या करिब ४० जना रहेको छ भने साना साना समूहरु र थोरै क्षेत्र फलमा खेती गर्ने किसानहरुको संख्या पछिल्लो समय बढ्दै गएको एसोसिएसनले जनाएको छ ।  

यस वर्ष सरकारले तिहारमा समेत छिमेकी भारतबाट फूल आयात नगर्ने नीति लिएका कारण किसानलाई केही राहत भने भएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर