• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 07:02 am

संखुवासभाको चैनपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, मानवीय क्षति भएन

फाइल फाेटाे

किमाथाङ्का, । सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।
 प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि  जवाफी फाइरिङ खोल्नुपरेको थियो । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको उनले बताए । 
 प्रहरी परिचालन 
 त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र  र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए। घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन् । घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको  र  अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए । 
रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

  • १४ मङ्सिर, २०७७

काठमाडौं ।  चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आइतबार (आज) नेपाल आउँदै छन् । स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे एक दिने नेपाल भ्रमणमा आउन

प्रदेश नं १ प्रमुख ‘प्यासी’ लाई कोरोना सङ्क्रमण

  • १३ मङ्सिर, २०७७

मोरङ  । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रmबार राति सङ्क्रमण

काठमाडौं उपत्यकामा थप ६४५ जना कोरोना

  • १३ मङ्सिर, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना