• शनिबार ८-१३-२०७७/Saturday 11-28-2020/ 01:44 am

विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालकै एक्ली महिला, सुर्खेतकी कार्की छनोट

सुर्खेत । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालका ५ जना खेलाडीले सहभागिता जनाउँदैछन् । विभिन्न तौल समूहमा भाग लिन पाँच जना पुरुष र एक जना महिला सहभागी हुन लागेका हुन् ।

भारतको महाराष्ट्र राज्यको अमरावतीमा यहीँ मंसिर १९ गतेदेखि २२ गते ९डिसेम्बर ४–७० सम्म हुन लागेको पावर लिफ्टिङ वल्र्ड कप–२०२० मा नेपालकै एक्ली महिला सुर्खेतकी श्रुति कार्कीले सहभागी जनाउन लागेकी छन् ।

उनीसँगै प्रतियोगिताका गण्डकी प्रदेश पोखराका हसन गुरुङ ९८० केजी०, राजेश सुवाल ९९००, सुजन आले ९७५०, आशीष आले ९१००० छन् । श्रुति मात्रै नेपालकी एक्ली तथा कर्णालीबाट प्रतिनिधित्व गर्दै छिन् ।

उनले ५५ केजी तौलतर्फ प्रतिस्पर्धा गर्नेछिन् । मिडवेस्र्टन फिटनेस सेन्टरबाट प्रशिक्षण पाएकी कार्की नेपालमा भएका यसअघि भएका प्रतियोगितामा सहभागी जनाइसकेकी छन् ।

पाँच जना खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्न लागेको कास्की शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।

पोखरामा पावर लिफ्टिङ एशोसिएसन अफ नेपालको आयोजनामा गरेको पत्रकार सम्मेलनमा एशियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरिले देशकै प्रतिनिधित्व गरेर खेलाडीहरु विश्व च्याम्पियनसीपमा जान लागेको भन्दै राज्यले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।

एशोसिएसन अध्यक्ष सुन्दर भुषालले संस्था स्थापनाको दुई वर्ष पनि नपुगेको बताउँदै कोभिड–१९ का कारण प्रदेशस्तरबाट खेलाडी छनोट गर्न कठिन भएकोले पहिलेको छनोटलाई आधार मानेर सहभागी गराउन लागेको बताए । उनले खेलाडीलाई सफलताको शुभकामना दिँदै पदक जित्नेमा आशावादी रहेको बताए ।

प्रतियोगिताका लागि नेपाली टोली मंसिर १८ अर्थात् डिसेम्बर ३ मा भारत प्रस्थान गर्ने जनाएको छ । यतिबेला नेपाल–भारत हवाइ उडान नहुँदा खेलाडीहरु स्थलमार्ग हुँदै जानेछन् । कार्यक्रम स्थल नागपुरदेखि १२० किमी टाढा रहेको कास्की शारीरिक सुगठन संघका अध्यक्ष थापाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश

  • १२ मङ्सिर, २०७७

एजेन्सी । आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान

अलबिदा डिएगो म्यारोडना ! निजी समाराेहमा अन्तिम बिदाई

  • १२ मङ्सिर, २०७७

एजेन्सी । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको पार्थिव शरीर एक निजी समहारोकाबिच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टि गरिएको छ । ६० वर्षका

इंग्लिस प्रिमियर लिग : दर्शकले १० वटा क्लबका रंगशालामै गएर खेल हेर्न पाउने

  • १२ मङ्सिर, २०७७

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कारण घरभित्रै  बसिरहेका फुटबल प्रेमीको लागि खुशीको खबर सार्वजनिक भएको छ । कोरोना