काठमाडौं । विद्युतीय, इन्धन र भूवैज्ञानिक धनका लागि विश्वको लालसाले विश्वभर विनाशकारी आकृतिहरु तथा रंगहरु बनाइएका कछन् । बिबीसी फिचरको मानव क्रियाकलापसँग सम्बन्धित तस्विरहरुको संग्रहमा उत्खनन्ले पृथ्वीको सतहलाई फेरि कोरेको देखाउन खोजिएको छ ।
जब हामी एक मूल्यवान धातु, एक कार्बोनिफेरस इन्धन वा एक प्राचीन कच्चा धातु निकाल्नका लागि उत्खनन् गर्छौँ भने हामी एक अर्को समयको अध्यायलाई हटाएका हुन्छौँ । जतिबेलादेखि मानिसले पहिलो पटक थाहा पाए कि उनीहरु बाँचिरहेको जमिनमूनि थुप्रै कुरा लुकेका छन्, हामीले झुट पत्ता लगाउनका लागि जमिन मूनिसम्म् खन्न थाल्यो ।
यदि हामी जुन प्राचीन कच्चा धातु र खनिजको लोभ गर्छौँ जो भयानक अतित हुन् भने दुखको कुरा भनौँ जे जति पनि भण्डारणमा छन् त्यो एक डरलाग्दो भविष्य हो । यी तस्विरहरुमा ती उत्खनन्का असंख्य रोचक र डरलाग्दा दृश्यहरु देख्न सक्छौँ, जसले उत्खनन्ले पृथ्वीको सतहलाई परिवर्तन गरेको बताउँछ ।
१. चीनको सिन्जियान प्रान्तमा रहेको ‘नम्बर ३ पेगमेटाइट’, विश्वका सबैभन्दा ठूलो खानीमध्ये एक जहाँ ८४ प्रकारका खनिज पाइन्छन् । तस्विरः गेटी
२. चीनको क्विङहाई प्रान्तमा रहेको इमरोल्ड ताल, उत्खनन गरी छोडिएको क्षेत्र हो ।
३. स्पेनको हुइल्भा प्रान्तमा रहेको रियो टिन्टो खानी क्षेत्रमा पर्ने ओक्सिडाइज फलाम खनिज पाइने ठाउँ । पानीसँग मिसिएको फलाम खनिज, पानीमा रङ मिसिएजरी फैलिन्छ ।
४. ब्राजिलको काराजस खानी, पृथ्वीको एक सबैभन्दा ठूलो फलाम खानी ।
५. एक विशाल चक्कर भएको औँठाछाप जस्तो खानीः अमेरिकाको अटाहमा रहेको बिन्घम क्यान्लयोन खानी ।
६. मेक्सिकोमा रहेको लस फिलोस सुन खानी ।
७. ब्रालिलको अमेजोनमा रहेको इस्पेरान्का आईभी सुन खानी क्षेत्र ।
८. पेरुको अमेजोनमा रहेको अवैध सुन उत्खनन्का कारण बनेको मरुभूमि ।
९. चिल्लीको रन्कागुवामा रहेको तामा खानी ।
१०. रुसको उरालमा ल्योइखा गाउँ नजिकै एक तामा–सल्फाइड खानीबाट जंगलको बीच हुँदै बगेको सुन्तला रंगको पानी ।
११. जर्मनीको गार्जवेलर लिगनाइट कोइला खानी ।
१२. भारतको झारखण्डमा रहेको एक खुल्ला कोइला खानी ।
१३. टर्कीको एटी माइन ओर्क्स, जहाँ ब्याट्रीमा प्रयोग गरिने एक महत्वपूर्ण तत्व लिथियम पाइन्छ ।
१४. नामेबियामा रहेको रोजिङ युरेनियमको खानी, यो विश्वकै एक ठूलो र खुल्ला युरेनियम खानी हो ।
१५. रुसको मिर हिरा खानी । तस्विर श्रोतः गेटी इमेज ।
समाचार दैनिकका लागि बीबीसीबाट गीता सुब्बाले तयार पारेकाे सामाग्री ।
एजेन्सी । बुधबार अमेरिकाको एक नयाँ राष्ट्रपतिको रुपमा डेमोक्र्याटिकका जो बाइडेनले सपथ ग्रहण गर्दैछन् । हिंसा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै
जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा
धनगढी । थारु तथा मगर समूदायको प्रमुख पर्व माघी बिहीबार सुदुरपश्चिम प्रदेशमा धुमधामसाथ मनाईयो । थारु समुदायले यो पर्वलाई नयाँ वर्षका रुपमा समेत लिने
प्रतिकृया दिनुहोस