प्रिमियर लिग : म्यानचेस्टर सिटीसँग बर्नलीको हार
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग बर्नलीले हार बेहोरेको छ ।शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे ।बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले छैठौँ मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो ।
२२औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए ।४१औँ मिनेटमा मेन्डीले गोल गर्दै पहिलो हाफमा सिटीलाई ३–० को अग्रता दिलाए । ६६औँ मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४–० को बनाए ।
६९औँ मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ५(० को फराकिलो जित निकाल्न सफल भयो ।
प्रतिकृया दिनुहोस