• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

इतिहास बन्दै पसगाउँमा ढुङ्गाको छानो

लमजुङ ।  कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कुँदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका थिए । गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुङ्गा तथा खरले छाना छाइन्थ्यो । 

पछिल्लो समयमा भने ढुङ्गा तथा खरको छानो विस्तापित गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत गर्ने क्रम बढ्दै जाँदा बाँकी रहेको ढुङ्गाका घर र छानासमेत लोप हुन थालेको छ । समुद्र सतहदेखि एक हजार छ सय ५० मिटर उचाइमा रहेको क्व्होलासोथर गाउँपालिका–६ पसगाउँवासीले भने परम्परालाई अझै संरक्षण गरेर राखेका छन् । 

यहाँको एक सय ५३ घरधुरीमध्ये  एक सय ४० घरधुरीको छाना ढुङ्गाबाटै छाइएकोे छ । लोपहुँदै गएको ढुङ्गाका घर यसरी संरक्षण गरेर राख्दा भावी पुस्ता तथा इतिहासका लागि यो  गाउँ  साक्षी बन्ने भएको छ । गाउँमा सचेतना फैलाउँदै भत्किएका ढुङ्गाका छानासमेत मर्मत गरेर संरक्षण गर्दै आइृ रहेको स्थानीय बलराम गुरुङले बताए । गाउँगाउँमा सुविधायुक्त घर निर्माण हुँदै गए पनि यस गाउँवासीले भने परम्परा संरक्षणका लागि आधुनिक घर निर्माण नगर्ने भएका छन् । 

यसबाट पछिल्लो पुस्ताले समेत यस्ता मौलिक परम्परागत घर देख्दा पुर्खाको सम्पत्ति ठान्ने र उनीहरुलाई यस्ता घर संरक्षण गर्न प्रेरणा मिल्ने सोही ठाउँ निवासी  चन्द्रप्रसाद गुरुङ बताउँ६न्नु । गाउँमा आउने पाहुँना तथा पर्यटकले गाउँका घरहरुसँग सेल्फि खिच्ने, फोटो खिच्ने, टिकटक बनाउने र रमाउने गरेको उनको भनइ छ । गाउँमै ढुङ्गा खानी रहेको र सोही स्थानबाट आवश्यक ढुङ्गा ल्याउने गरिएको  उनले बताए । 

गाउँपालिकाभर नै छिटफुट ढङ्गाका घर त छन् तर पस गाउँका अधिकांश बासिन्दाको घर ढुङ्गाबाटै निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।  परम्परागत यस्ता घर संरक्षण गर्न गाउँपालिका अघि बढ्न थालेको उनको भनाइ छ । अब  निर्माण हुने घरमध्ये आर्थिक अवस्था कमजोर भएकालाई ढुङ्गाको घर निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष गुरुङ जानकारी दिए ।  खरको छानोमुक्त पालिका अभियान सञ्चालन गरेर खरमुक्त पालिका बनाउन लागेको र  करिब करिब खरमुक्त पालिका भइसकेको उनले बताए ।

खरका कारण आगलागी हुनेदेखि व्यक्ति तथा परिवारको सुरक्षा नहुनाका  साथै खर पाउन मुस्किल हुन थालेकाले  त्यस अभियानलाई अघि बढाएको गुरुङको भनाइ छ ।  ढुङ्गाको घर तथा छानो बलियो रहेको र जस्तापाताको छानो तीन चार पटक फेर्दा पनि ढुङ्गाको छानो एक पटक पनि फेर्न नपर्ने हुन्छ । साथै जाडोमा न्यानो, गर्मीमा सित्तल हुने, आगलागीलगायत घटना कम हुने भएकाले  परिवार सुरक्षित हुने उनको भनाइ छ । यसबाट पर्यटक आकर्षित गराउन मदत पुग्ने र समृद्ध पालिकाका लागि त्यस्ता घरहरुले टेवा पु¥याउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । 
 
यस गाउँमा २१ घरमा घरवास होमस्टे सञ्चालन गरिएको छ । यहाँबाट लमजुङ हिमाल, अन्नपूर्णलगायत हिमालय पर्वत शृङ्खला देख्न सकिन्छ । गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, घाटु नाचजस्ता लोपोन्मुख नृत्यका लागि समेत पसगाउँ परिचित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर